के तपाइँको राती अबेरसम्म मोबाइल चलाउने बानी छ?

के तपाइँको राती अबेरसम्म मोबाइल चलाउने बानी छ? यदि छ भने अन्तसम्म पढ्नुहोला।

टेक्नोलोजीले हामीलाई मोबाईल दियो र हामिले हाम्रो जिबनमा तेसलाइ यसरी घुसायेउ कि त्यस चिजले हाम्रो निन्द्रा खान लाग्यो। राती अबेरसम्म मोबाईल प्रयोग गर्दा हाम्रो सरिरलाइ के के हानी हुन्छ तल छोटकरीमा ब्याख्या गरिएको छ। तौल बढ्छ सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म अर्थात पाचन प्रणालीमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्न जान्छ ।

समस्या समाधान गर्न कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ थाक्छौ हाम्रो साथमा हाम्रो दिमागपनी थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको समाधानमा कन्फ्युजन उत्पन्न हुन्छ । हाम्रो सोच्ने शक्तिको ह्रास हुन्छ ।

दिमागलाई प्रेसर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण लङ टेर्ममा मेमोरी लसको समस्या पनि उत्पन्न भएको अनुसन्धानले देखाएको छ ।

अँखामा समस्या

अंधेरोमा धेरै मोबाईल प्रयोग गर्नाले आँखाको रेटिनामा धेरै असर पर्छ । जसले गर्दा हाम्रो आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्दै जान्छ र पछि गएर चस्मा लगाउनु पर्ने हुनसक्छ ।

निन्द्रा नपर्ने समस्या

यदि तपाँईले मोबाईललाई आफ्नो रुटिनमा समाबेश गर्नुभयो भने मोबाईल नचलाइ निन्द्र पर्दैन अथवा ठिक समयमा निन्द्रा पर्दैन। मोबाईल छेउमा राखेर सुत्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन सक्छ । निन्द्रा पुरा भएन भने हामीलाई अर्को दिन काम गर्न कठीन पर्छ ।

ध्यान नलाग्नु

राती मोबाईलको प्रयोग गर्नाले कुनै काममा फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिन नसक्ने र नसुन्ने समस्या उत्पन्न हुन्छ । रातदिन मोबाइल चलाइरहनुलाई डिप्रेसनको लक्षण पनि मानिन्छ।

Nepali Heart touching Quotes and Status

Add a Comment

Your email address will not be published. Required fields are marked *