हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?

हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?

हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?

खानाका परिकारमा मिसाएर वा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै फाइदाजनक तरकारी हो । केही मानिसहरु प्याजलाई चटनी अथवा चाटका(चख्ना) रुपमा पनि खाने गदर्छन् । काचो प्याज खानु स्वास्थ्यका लागि निकै फाइदाजनक बानी हुनसक्छ ।सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका अनेकन गुणहरुले युक्त काचो प्याजको सेवनले विभिन्न किसिमका घातक रोगहरुबाट छुटकारा दिलाउने क्षमता राख्दछ । काँचो प्याज खादाका फाइदाहरु तल उल्लेख गरिएका छन।

१) प्याजमा भएको एमिनो एसिडले खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

२) प्याज सेवनले उच्च रक्तचाप नियन्त्रण गर्छ र हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न मद्दत गर्छ ।

३) प्याजले शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका अर्थात चिनी रोगीलाई काँचो प्याज खाँदा फाइदाजनक हुन्छ ।

४) काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा रहेको पच्न नसकेको खानालाइ बाहिर फाल्न मद्दत गर्छ।

५) काँचो प्याज खानाले पेट सफा गर्छ र कब्जियतको समस्या देखिने बिरामीलाई फाइदा हुन्छ ।

६) नाकबाट वेला–वेलामा रगत बग्ने समस्या अर्थात नोस्ट्रल ब्लिडिङ रोक्न पनि काचो प्याज खान वा सुघ्नले सहयोग गर्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *