मोटोपन घटाउने सजिलो तरिका

मोटोपन घटाउने सजिलो तरिका

मोटोपन घटाउने सजिलो तरिका र स्पेसल टिप्सहरु

मोटोपनको समस्या नया हैन र यो साम्न्य समस्या हो। सन्सारमा ५ मध्य ३ मान्छे मोटोपनले ग्रसित भएको अनुसन्धानले बताएको छ। जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन नमिल्दा वा गर्न नचाहादा वा घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झ मान्दा मोटोपनको समस्या आउँछ। ।शरीरको तौल बढ्दै जादा मानिसलाई चिन्ता हुनु स्वभाविकनै हो । अझ महिलाहरु आफ्नो फिगरको ध्यान बडि राख्ने भएकाले बढी चिन्तित बनाउने गर्छ ।

महिलाहरुको पेटमा जम्मा हुने फ्याटले उनीहरुलाई बढी तनाव दिने गर्छ । ब्यायाम र योगअभ्यास गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि केही हदसम्म शरीरको तौल घटाउन सक्छन् । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो भएको धेरै ब्याक्तीहरुको अनुभव छ । तर यो असम्भव भने पक्कै छैन । केही उपायहरु अपनाउन सके मोटोपाना हराएर जान्छ।मोटोपना घटाउन प्रयोग हुने तरिकाहरु तल उल्लेख गरिएका छन।

मोटोपन घटाउने सजिलो तरिका

१. मनतातो पानीपानी पिउदा अति चिसो वा एक्दमै तातो पनि पिउनु राम्रो हैन।सधै वा दिनभरी कम्तीमा पनि ४ देखि ५ ग्लास मनतातो पानी पिउनु फाइदाजनक रहन्छ । यसले तपाईंको पेटको बोसोलाई छिटो पगालेर मोटोपना घटाउने गर्दछ ।

२. बदाम :दैनिक ४ देखि ५ टुक्रा बदाम खाने पनि एउटा दुब्लाउने तरिका हो। यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक लाग्न दिदैन र सरिरको ताप नियन्त्रण गर्दछ ।

४. सलाददैनिक रुपमा एक कचौरा दहीमा केही फलफुल राखेर खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई काम गर्न दिदैन र पेट घटाउन मद्दत गर्नेछ ।

५. हरियो सागपातखानामा पालुङ्गो, मेथी बेथे र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुपर्छ । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएकाले पेटको फ्याट घटाउनमा सहयोग गर्छ ।

६. पोस्टिक आहारहरेक पल्ट खाना खादा प्रोटिनयुक्त खाना खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।

७. खानासंग पानी नपिउनुहोस्धेरैको खाना खाने बेलामा पानी पिउने बानी हुन्छ तर यो बानी मोटोपनको लागि राम्रो होइन, दुब्ला मान्छेले भने खादा फरग पर्दैन । यसले खाना ठिक तरिकाले पच्न दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेटअघि र पछि मात्र पानी पिउनुहोस् ।

८. रुटिन अनुसार खानेखाना खाँदा एकैपटक धेरै खाना खानु राम्रो हुदैन। खाना २ वा ३ घण्टाको ग्यापमा थोरै अनुपातमा खानुपर्छ।यसले पेटको बोसो पदार्थ घटाउँछ ।

९. ग्रीन टी पिउनेग्रीन टीमा स्वादमा धेरैलाइ मन पर्दैन तर एसमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई कम गरेर खाने इक्ष्याशक्तीमा नियन्त्रण गर्दछ जसले पेटको बोसो कम हुन्छ ।

१०. मह खानेनियमित रुपमा एक गिलास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनु राम्रो हुन्छ । यसले तपाईंको बोसोलाई पगाल्नु मदत गर्छ।

११. मर्निङ वाक गर्नेनियमित रुपमा बिहान २-४ किलोमिटर सम्म मर्निङ वाकमा जानुपर्छ। यसले खानाको खेर गएको तागतलाइ नस्ट गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई मद्दत गर्छ ।

१२. बेकिङ सोडायुक्त खाने बानीलाई त्याग्ने

कोल्ड डृन्क जस्ता पेय पदार्थले तपाईंको पेट मात्र बडाउछ अरु केही फाइदा पुर्याउँदैन । त्यसैले एदि आफ्नो यस्तो बानी छ भने आजदेखि नै त्याग्दा राम्रो हुन्छ। यसको सट्टा पर्याप्त मात्रामा पानी या फलफुलको जुस पिउनुहोस् ।

Nepali Calendar 2077: Click Here

Add a Comment

Your email address will not be published. Required fields are marked *