पढेको कुरा नबिर्सने १० टिप्सहरू

पढेको कुरा नबिर्सने १० टिप्सहरू

पढेको कुरा नबिर्सने १० टिप्सहरू

विद्यार्थी जिबनमा हामिले धेरै कुरा अध्यन गर्छौ तर त्यो कुरा दिमागमा टिकाइराख्ना सक्नु महत्त्वपूर्ण हुन्छ। हामी पढ्न त पढ्छौ तर ती कुराहरू चाडै बिर्सिन्छौ पनि। बिर्सिने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नू पर्दा यो समस्याले विद्यार्थीलाई धेरै सताएको हुन्छ । धेरै मेहनत गर्ने विद्यार्थी पनि यो समस्याले असफल भएका उदाहरण सुन्न पाइन्छ । मेमोरी किङको नामले चर्चित अर्पण शर्माले १० ओटा टिप्सहरू दिनुभएको छ जो टिप्सहरु तपाइले अपनाउनुभयो भने तपाईँले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।

पढेको कुरा नबिर्सने १० टिप्सहरू

१) विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दहरुलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई युनिक तरिकाले सोच्नुपर्छ । एकोहोरो रटेर याद हुदैन या छोटो समएको लागि मात्र हुन्छ।

२) हरेक शब्दहरुलाई कोडिङ गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै अप्ठ्यारो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर अथवा रिलेट गरेर पढ्नुपर्छ जसले गर्दा तपाईं त्यो घटना सम्झदा पढेको कुरा सम्झन सक्नुहुन्छ।

३)राती अवेरसम्म वा बिहाना चाडै उठेर पढ्दा निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नलाई अलार्मको प्रयोग गर्नु हुँदैन आफै बिउँझेको समयमा पढ्नुपर्छ ।

४) एक घन्टा पढ्दा आवश्यकता अनुसार ५ देखि २० मिनेट आराम गर्नुपर्छ ।

५) पालुंगोको साग, काजु, बदाम, सातु, ओखरले दिमागको स्मरणशक्ति बढाएको पाइएको छ। त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।

६) सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको बिकास गर्नुपर्छ । राति हावामा अक्सिजनको मात्रा कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने समय बनाउनु पर्छ ।

७) अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ सोच्न प्रयोग गर्नुपर्छ र जवरजस्तिआफूले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर सोच्ने र सम्झने गर्नुपर्छ ।

८) उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई भार पार्छ। लामो समयमा तपाइले चस्मा लगाउनुपर्ने हुनसक्छ ।

९) सकेसम्म उठ्ने , सुत्ने, खाने आदि नित्यकर्मको एउटै तालिका बनाउनुपर्छ ।

१०) पढ्दा सकेसम्म ठुलो स्वर ननिकाली मनन गरेर पढ्ने बानी बसाल्नु पर्छ । कोलाहाल बाट टाढा एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।माथि उल्लेखित उपायहरु अपनाए पक्कै पनि हाम्रो पढ्ने बानी र सम्झने क्षमतामा उल्लेखनिय सुधार आउनेछ।

Nepali Actress

Add a Comment

Your email address will not be published. Required fields are marked *